भजनीमा प्याब्सन कप सुरु

शेयेर गर्नुहोस


भजनी ०४ माघ /
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भजनी नगर कार्यसमितिको आयोजनामा प्याब्सन कप सुरु भएको छ ।
भजनी नगरपालिकाको वडा नं. ७ को पुरैना युवा क्लबको खेल मैदानमा प्याब्सन कप फुटबल प्रतियोगिता शनिबार सुरु भएको हो । १४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता कार्यक्रमको अध्यक्षता प्याब्सन भजनीका अध्यक्ष खडक बुढाले गरेका थिए । कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुद अनुशासनको प्रतिबिम्ब भएको बताएका छन् । “खेलकुदले शारीरिक मात्रै नभई अनुशासनको राम्रो पाठ सिकाउने गर्छ ।” उनले भने, “मानिसहरूमा अनुशासन सबैभन्दा महत्त्वपूर्ण कुरा पनि हो ।”
नगर प्रमुख चौधरीले नगरपालिकाले खेलकुदका हरेक गतिविधिमा सहयोग र सहकार्य गर्दै आएको बताउँदै खेलकुदमा नगरपालिकाको लगानी आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे । कार्यक्रममा वडा नं. ५ का वडा सदस्य राजेन्द्र खनाल, नेपाली काँग्रेसका भजनी नगर सभापति नवराज मिश्र, समाजसेवी नृप बहादुर बुढा, पदम शाही लगातले शुभकामना मन्तव्य राखेका थिए ।
प्याब्सन कैलाली जिल्ला उपाध्यक्ष राज बुढाले स्वागत गरेको कार्यक्रमको सञ्चालन डम्बरदत्त जोशीले गरेका थिए ।
अध्यक्ष बुढाले समयानुकूल खेलकुद प्रतियोगिता आयोजना भइरहने गरेको भए पनि पहिलोपटक उ उमेर समूह लक्षित गरेर प्याब्सनले फुटबल प्रतियोगिता आयोजना गरेको बताएका छन् । प्रतियोगिता ७ गतेसम्म सञ्चालन रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *