भजनीमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

शेयेर गर्नुहोस


भजनी २५ फागुन /
अन्तर्राष्ट्रिय महिला दिवस २०२५ एक कार्यक्रमको आयोजना गर्दै भजनी नगरपालिकाले पनि मनाएको छ ।
नगरपालिकाको महिला बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निवर्तमान नगर उपप्रनुख छाया देवकोटा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसईई २०८० मा सर्वाेउत्कृट अंक ल्याउने दुईजना भानु स्कुल बजनीका यशाेदा कुमारी खड्का ३. ३६ जिपिए ल्याउने र कल्पवृक्ष इङलिस बोर्डिङ स्कुल काे सभ्यता हमाल ३.२१ जिपिए ल्याउने छात्राहरू सम्मान गरिएको थियो ।
त्यसैगरी ४ जना अटो रिक्सा चालक महिलाहरुलाई, दुईजना राज मिस्त्री, एकजना साइकल मिस्त्री र ६ जना अन्य नमुना व्यवस्था गर्दै आएका महिलाहरूलाई एक हजार पाँच सय ३० रुपैयाँ नगद सहिय सम्मान गरिएको छ ।
शाखाकी जाैकला सार्कीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य याेजना शाखा प्रमुख रेखा चाैधरी गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *