शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी ०३ असार्/
भजनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको दोस्रो साधारण सभाले नैन बहादुर चौधरीको नेतृत्वमा पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ ।
संस्थाको दोस्रो साधारण सभाले उपाध्यक्षमा नौले बुढा, सचिव टीकाराम जोशी, कोषाध्यक्षमा चन्द्रा जैशीलाई निरन्तरता दिएको दिएको छ । ९ जनाको कार्यसमिति रहेको संस्थाको सदस्यमा पनि पुरानै अनुहार फर्किएका छन् । अस्तव्यस्त अवस्थामा पुगेको भजनी खानेपानीलाई एउटा लयमा ल्याउन सफल भएको बताउँदै नवनिर्वाचित अध्यक्ष चौधरीले बाँकी रहेका अपुरा कामहरू अबको कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“धोस्त हुन लागेको खानेपानी संस्थालाई माथी उठाउन जिम्मेवारी दिएर पठाएपछि कति काम गर्न सक्यौं त्यो उपभोक्ताले मुल्यांकन गर्ने कुरा हो । अबको कार्यकालका लागि पनि जुन विश्वास दर्शाउनु भएको छ त्यसबाट दायाँबायाँ नगरी सफलतापुर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्छौं ।” उनले भने, “उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा संस्थाका गतिविधि अगाडि बढाउने कुरामा कतै चुक्ने छैन ।”