भजनी नगरपालिकाको १७ औं नगर सभा सुरु

शेयेर गर्नुहोस


पदमराज जैशी (नानु), भजनी २४ माघ /
भजनी नगरपालिकाको १७ औं नगर सभा (हिउँदे अधिवेशन) सुरु भएको छ ।
नगरपालिका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सुरु भएको नगर सभामा नगर सभामा नगर शिक्षा ऐन विधेयक २०८१ सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । सभाले अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने सभा अध्यक्ष चौधरीको भनाई छ ।
भजनी नगरपालिकाले निकै राम्रो काम गरिरहेको भएतापनि कामको मूल्यांकन तथा चर्चा परचर्चा नभएकोले त्यसमा जनप्रतिनिधि र कर्मचारी बीच समन्वयमा कमी देखिएको सभामा प्रमुख अतिथिको भुमिकामा रहेका कैलाली क्षेत्र नं. ३ का संघीय सांसद गंगाराम चौधरीको भनाई छ । सभालाई सम्बोधनका क्रममा उनले पूरैना ताल पीडित तथा बाढीपीडितहरुको समस्याको विषयमा आफू, नगर प्रमुख लगायतले अपजस पाएको बताउँदै बाढी पीडितलाई हटाउँदा सम्पूर्ण राजनीतिक दलले निर्णयमा हस्ताक्षर गरेको भएतापनि हाल आफूहरुको मात्र विरोध भएकोमा दुःख व्यक्त गरेका छन् ।
उनले पुरैना ताललाई संरक्षण संवर्धन तथा पर्यटकीय स्थलमा रूपान्तरण गर्न सके दैनिक लाखौं पर्यटक आउने र भजनी नगरपालिकाको विकासमा फडको मर्नेमा आफू विश्वस्त रहेको बताए । सांसद चौधरीले केन्द्र बाट बजेट ल्याउने र नगर पालिका कार्यान्यन गर्ने भएकाले यस क्षेत्रका केही व्यक्तिहरुले आएको वजेटमा उपभोक्ता समिति गठन प्रक्रियामा नगर प्रमुख र आफ्नो बीच मतभेद उत्पन्न गराएको प्रति आपत्ति जनाउँदै आफ्नो काम बजेट मात्र ल्याउने र सम्पूर्ण कार्यान्यन नगरपालिकाबाट हुने भएकाले यस विषयमा कुनै हस्तक्षेप नहुने बताए ।
बिदाको दिन नगरपालिकाको सरकारी गाडी चलाएको भनी स्थानीय युवाहरुले नियन्त्रण लिएकोमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै सांसद चौधरीले राजनीतिक दलहरुको सूचना हक मागेको प्रति पनि समर्थन जनाएकाका छन् । महानगरपालिका तथा उपमहानगर पालिकाको गरेका कामहरुको तुलना यस नगपालिकासँग गर्न नमिल्ने भएका कारण अन्य नगरपालिका तथा गाउँपालिका भन्दा उत्कृष्ठ काम भएकोमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।
सभामा नगर उपप्रमुख राजु तिरुवा, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *