शेयेर गर्नुहोस
समाधान समाचार,
भजनी १५ असोज /भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख छायाँ देवकोटाल एक सूचना जारी गर्दै स्वास्थ्य केन्द्रमा सेवारत अधिकांश स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हुँदा संक्रमण समुदाय स्तरसम्म फैलिन नदिनका लागि नगरपालिका र ९ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताएकी छन् । उनले सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न आम नगरबासीमा अनुरोधसमेत गरेकी छन् ।
भजनी प्राथमिक स्वास्थ्य केन्द्रले पनि एक सूचना जारी गर्दै प्रसुुती सेवा बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जानकारी दिएको छ ।