शेयेर गर्नुहोस
भजनी ०९ फागुन /
उद्योग वाणिज्य संघ भजनीको आयोजनामा सुरु भएको भजनी महोत्सव मंगलबार सम्पन्न भएको छ ।
माघ २५ गतेबाट सुरु भएको भजनी महोत्सव २०८० को मंगलबार संघले सम्पन्न गरेको हो । संघका अध्यक्ष प्रेमराज जैशीको अध्यक्षतामा भएको महोत्सवमा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मेला महोत्सवले त्यस क्षेत्रको सम्भावनालाई उजागर गर्ने बताएका छन् । उनले भजनी स्रोतसाधनका हिसाबले निकै महत्त्वपूर्ण भएपनि त्यसको समुचित सदुपयोग हुन नसकेको बताए । नगर प्रमुख चौधरीले स्थानीय क्षेत्रको विकासका मुद्दामा पनि सबैको समन्वय, सहकार्य आवश्यक रहेको बताउँदै त्यसमा नगरपालिका सधैं अपेक्षारत रहेको बताए ।
यसअघि दुई वर्ष आयोजना गरेको महोत्सवबाट घाटा बेहोरेको संघलाई यसवर्ष भने घाटा बेहोर्नु नपरेको बताउँदै संघका महासचिव नैनबहादुर चौधरीले आर्थिक रुपमा अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । “विगतका गल्ति कमजोरीहरुलाई सच्याउँदै यसवर्ष राम्रो गर्ने सोचका साथ काम गरेका थियौं ।” महासचिव चौधरीले भने, “त्यसैअनुसार महोत्सवको उपलब्धि संतोषजनक भएको हो । त्यसमा सबैको सहयोग र समन्वयले पनि सन्देश राम्रो गएको छ ।” महोत्सवले कलाकारमा करिब १६ लाख खर्च भएको जनाएको छ । समग्रमा भजनी महोत्सव सफल भएको आयोजकले बताएको छ ।