भजनी रेडक्रसको नयाँ नेतृत्व चयन

शेयेर गर्नुहोस


भजनी २२ असार/
नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीको २८ औं अधिवेशन सम्पन्न भएको छ ।
शनिबार भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीको २८ औं अधिवेशनले राम नारायण चौधरीलाई सभापतिमा चयन गरेको छ । चौधरी दोस्रो कार्यकालको लागि सभापतिमा चयन भएका हुन । यसभन्दा पहिले पनि भजनी उपशाखाको नेतृत्व उनैले गरेका थिए ।
अधिवेशनले शारदा मल्ललाई उपसभापतिको जिम्मेवारी दिएको छ भने सचिवमा राम प्रसाद शर्मा चयन भएका छन् । उपशाखाको कोषाध्यक्षमा हरि प्रसाद देवकोटा चयन भएको बताइएको छ ।
त्यसैगरी उप सचिवमा टेकेन्द्र शाह, उप कोषाध्यक्षमा कवि राज जैशी चयन भएका छन् । उपशाखाको कार्यसमिति सदस्यमा खेम राज पाण्डेय, महिला सदस्यमा लक्ष्मी विनाडी, सदस्यमा खेम पनाडी, सरस्वती चन्द र भेष राज तिमिल्सिना चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *