भन्सार छलीको सामान बरामद

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ३१ चैत /

इलाका प्रहरी कार्यालय टीकापुरले तीन लाखभन्दा बढी मूल्य बराबरको भन्सार छली ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ ।
सोमबार करिब ३ बजे बिहानको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले टीकापुर बजार क्षेत्रबाट ३ लाख ६५ हजार २ सय बराबरको अवैध सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिएका छन ।सामानसँगै टीकापुर नगरपालिका वडा नं. ७ का २५ वर्षिय प्रदिप कुँवर, वडा नं. ८ का ३३ वर्षिय दिपक साउँद र से.३ प १९५७ र से. ४ प ६२३१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई सत्ती भन्सार कार्यालय बुझाइएको प्रहरी निरीक्षक सुनारले जानकारी दिएका छन् । उनका अनुसार सर्ट कपडा ७ सय २० थान बरामद गरिएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *