भन्सार प्रमुख नै अवैध सामान भित्र्याउन व्यस्त भएपछि ..?

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०३ पौष /
टीकापुरमा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाको राजस्व संकलन निरन्तर ओरालोमा छ ।
चालू आर्थिक वर्षको पाँच महिनाको अवधी हेर्दा पनि भन्साले राजस्व संकलन निकै कम छ । भन्सार कार्यालयका प्रमुख विमल कुमार शाहकै कारण राजस्व संकलनमा गिरावट आएको कुरा नकार्न सकिने अवस्था छैन । त्यसको लागि कार्यालय प्रमुख शाह नै तस्करीमा लागेको कुराले स्पष्ट गरिएको छ । शाहले भन्सारको कस्टम बैठकका लागि भारत हानिएका कार्यालय प्रमुख शाहले आफुले चढ्ने सरकारी नम्बर प्लेटको गाडीमा चारवटा एसी ल्याएर आए । राजस्व संकलनका लागि जिम्मेवार ब्याक्ती नै भन्सार छलीमा देखिएपछि उनीमाथि नैतिक प्रश्न समेत उठेको छ ।
गत आर्थिक वर्षमा लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको भन्सार कार्यालयले चालू आर्थिक वर्षको बितेको पाँच महिनामा पनि राजस्व संकलनको अवस्था निकै दयनीय छ । भन्सार कार्यालयले गएको पाँच महिनामा पाँच करोड २० लाख ६० हजार राजस्व संकलन गर्नुपर्ने थियो तर, भन्सारले दुई करोड ४७ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । यसरी हेर्दा भन्सारले लक्ष्यको ५० प्रतिशत पनि राजस्व संकलन हुन सकेको छैन । भदौ महिनामा लक्ष्यको १८ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । एक करोड ४० लाख १९ हजार राजस्व संकलन गर्नुपर्ने भएपनि २५ लाख ८१ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।
आफैले चढ्ने भन्सार कार्यालयको से १ झ ३०२ नम्बरको गाढीमा भन्सार प्रमुखले अवैध सामानको ढुवानी गर्न थालेपछि भन्सारको राजस्व संकलनमा प्रश्न उठ्नु स्वभाविक छ । भन्सारको स्तरोन्नतिका लागि आदर्श दिएका शाह आफ्नै गाडीमा अवैध सामान ल्याएको किन भनेर गरिएको प्रश्नमा शाह नाजवाफ बने । रिपोर्टिङका क्रममा एसीको विषयवस्तु कार्यालय प्रमुख शाहलाई जानकारी नगराउँदासम्म भन्सार आफ्नै कारणले भन्सारले उल्लेख प्रगति गरेको बताएका थिए । जब एसीको विषयमा कुरा उठ्यो त्यसपछि उनले पहिले गतेका सबै आदर्शका कुराहरुमा पुर्णविराम लाग्यो ।
ल्याइएका एसीको विषयमा कार्यालय प्रमुख शाहले पटकपटक आफ्नो बोली समेत फेरेका छन् । कुनै बेला अफिसको लागि एसी ल्याएको बताउने शाहले एकैछिन पछि आफ्नो घरका लागि ल्याएको स्वीकार गरे । त्यतिमात्र होइन,पहिला भारतबाट एसी ल्याएको बताएका शाहले केही समयपछि नेपालबाट एसी खरिद गरेको बताए । उनीसँग एसीको बिल भरपाई माग गर्दा भने उनले बिल उपलब्ध गराउन सकेनन् । बरु, प्रमुख शाहले उक्त विषयलाई समाचारमा लैजानु भन्दा व्यावहारिक रुपमा मिलाउन आग्रह गरे । उनले आपसी समझदारीमा जान आग्रह समेत पछि परेनन् ।

भन्सार प्रमुखको ज्यादतीका  सत्ती भन्सारबाट सामान आयात गर्ने व्यापारीहरुले एक वर्षदेखि त्यस क्षेत्रबाट सामान ल्याउन छोडेका छन् । सामान्य घरायसी सामान ल्याएर आउने नागरिकहरूलाई नियन्त्रणमा लिने गरेका शाह सिमित व्यापारीका लागि काम गर्दै आएको आरोप पनि छ । "भन्सार हाकिमकै कारण व्यापारीहरुले सास्ती पाएका छन् । नजिकको भन्सारबाट सामान ल्याउनुको साटो लामो बाटोबाट सामान ल्याउन व्यापारी बाध्य छन् ।" एक व्यापारीले भने, "कार्यालयमा इन्टरनेट नभएको, सिस्टमले काम नगरेको भन्दै काम नगर्ने भएपछि व्यापारीहरु कसरी सत्ती भन्सारको प्रयोग ल्याउँछन् ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *