भलिबलको उपाधी मोतीलाई

शेयेर गर्नुहोस


टीकापुर १६ फागुन /
दोस्रो ज्ञानेन्द्र स्मृति खुला पुरुष भलिबल रनिङ सिल्ड प्रतियोगिताको उपाधी मोती क्लब मोतीनगरले हात पारेको छ ।
टीकापुर युवा क्लबको आयोजना तथा नयाँ बिहानी पुनर्स्थापना केन्द्रको सहआयोजनामा सुरु भएको भलिबल प्रतियोगिताको फाइनल खेलमा कञ्चन खाद्य उद्योगलाई हराउँदै मोतीले उपाधी हात पारेको हो । कञ्चन खाद्यलाई तीन शुन्यको सोझो सेटमा हराउँदै उपाधी जितेको छ ।उपाधी बिजेता मोती क्लबले दुई लाख एक हजार एक रुपैयाँ नगद, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने कञ्चन खाद्यले एक लाख एक रुपैयाँ नगद, मेडल र ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगिताको तेस्रो स्थान एन्जिला पुस्तक पसल साफेबगर अछामले हात पारेको छ । आसाई जापानीज कलासलाई तीन सुन्यक सोझो सेटमा हराउँदै एन्जिला पुस्तक पसलले तेस्रो स्थान हात पार्न सफल भएको हो । तेस्रो स्थान हुने एन्जिला पुस्तक पसलले ५० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा वेष्ट डिफेन्डरमा मोती क्लबका महेन्द्र चौधरी, वेष्ट बलकर कञ्चनका सन्तोष महता, बेस्ट स्पाइकरमा मोतीका धिरज बस्नेत पुरस्कृत भएका छन् भने, उत्कृष्ट खेलाडीको रुपमा कमल गहतराज पुरस्कृत भएका छन् ।
नयाँ बिहानी पुनर्स्थापना केन्द्रका अध्यक्ष कल्पेश कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचीव सदस्य सचीव दिपक सिंह रहेका थिए । लोकबहादुर बुढाक्षेत्रीले स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन परमानन्द पाण्डेले गरेका थिए । फागुन १३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टीमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *