भान्सेमा नियुक्त साउँदको राजिनामा स्वीकृत

शेयेर गर्नुहोस


समाधान समाचार,अछाम २० भदौ /
रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदको क्वाटरमा भान्से नियुक्ति भएकि जयसरा साउँदको राजिनामा स्वीकृत भएको छ ।
अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई आफ्नै क्वाटरमा खाना पकाउने भान्सेको रुपमा नियुक्त गरेपछि चौतर्फी विरोध भएको थियो । विरोध पछि भान्सेमा नियुक्ति पाएकी साउँदले राजिनामा दिएकी थिइन । उक्त राजीनामा स्वीकृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । साथै साउँदले नियुक्ति भएपछि पाएको ३१ हजार छ सय ३० रुपैया पचास पैसा समेत गाउँपालिकाकै खातामा फिर्ता गरेको समेत बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *