शेयेर गर्नुहोस
टीकापुर ०९ कार्तिक /
थारु मानक भाषा ओ लेखनशैलीको विषयमा बिहिवार टीकापुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
थारु कल्याणकारी सभा कैलाली क्षेत्र नं. १ को आयोजनामा भएको कार्यक्रममा थारु मानक भाषा ओ लेखनशैली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । थारु कल्याणकारी सभाका सभापति लौटन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व संविधान सभा सदस्य डा. गोपाल दहित प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी विशिष्ट अतिथी रहेका थिए ।
टीकापुर, भजनी नगरपालिका र जानकी, जोशीपुर गाउँपालिकाको समन्वय रहेको उक्त कार्यक्रमको स्वागत टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले गरेका थिए । कार्यक्रमको औचित्य माथि सप्तऋषी माद्यामिक बिधालयका प्रधानाध्यापक लिखराम चौधरीले प्रकाश पारेका थिए । बोलिने भाषा र लेखिने भाषामा एकरुपता नभएको भन्दै थारु मानक भाषाको बारेमा रामबहादुर चौधरीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा थारु अगुवाहरूको सहभागिता रहेको थियो ।