शेयेर गर्नुहोस
टीकापुर ०८ माघ /
टीकापुर अस्पतालबाट लम्कीतर्फ गइरहेको एक एम्बुलेन्स गएराति १२ बजे तिर टीकापुरको मुख्य सडक जमरा पुलबाट नदीमा खसेको छ ।
पिपुल्स सहकारी संस्था लम्कीको से १ च १०१० नम्बरको एम्बुलेन्स अस्पतालबाट लम्कीतर्फ जाने क्रममा राति १२ बजेतिरको समयमा पुलबाट नदीमा खसेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले दिएको जानकारी अनुसार एम्बुलेन्स चालक ३० वर्षीय राज चौधरीले मदिरा सेवन गरी चलाएका कारण एम्बुलेन्स पुलबाट तल नदीमा खसेको हो ।
एम्बुलेन्समा कोही पनि बिरामी थिएनन् भने चालक चौधरीको मुखमा सामान्य चोट लागेको छ । रातिको समयमा बाक्लो कुहिरो लागेका बेला मदिरा सेवन गरी चालकले एम्बुलेन्स चलाएका कारण बाटो नदेखिएर नदीमा खसेको बताइन्छ ।