शेयेर गर्नुहोस
समाधान समाचार, भजनी ०८ मंसिर /
कैलालीको भजनी नगरपालिकामा नारी परियोजनाबाट मर्यादा किट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाल कल्याण संघ टीकापुरको आयोजना तथा भजनी वडा नम्बर ५ र ७ वडा कार्यालयको समन्वयमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको हो ।
।कार्यक्रममा भजनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्री केशब बहादुर बुढा को अध्यक्षता मार्यादा किट वितरण गरियको थियो उक्त कार्यक्रममा बाल कल्याण संघ टीकापुर तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालका नारि परियोजना प्रतिनिधीको पनि उपस्थिति रहेको थियो । बाढी प्रभावित क्षेत्रका यौन तथा प्रजनन् उमेर समुहका आप्रबास/ विदेश बाट फर्कियका ७५ जना महिलाहरु लाई करिब २ लाख १० हजार बराबरको मर्यादा किट वितरण गरियको छ नारी परियोजनाका परियोजना संयोजक अशोक रावलले बताउनु भयो ।
उक्त किटमा यौन तथा प्रजनन् उमेर समुहका महिलाहरुका लागि अति नै आवश्यक १६ प्रकारका सामग्रीहरु वितरण गरियको छ । उक्त सामग्रीले महिलाको यौन तथा प्रजनन् स्वास्थ्य संग सम्बधित व्यक्तिगत सरसफाई तथा स्वच्छताल लाई टेवा पुग्नु को साथै यौन तथा प्रजनन् स्वास्थ्य लाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका रहने कुरा वितरण कार्यक्रममा सहभागी रहेका हरुले बताए।
मार्यादा किट यौन तथा प्रजनन् उमेर समुहका लक्षित महिलाहरुका लागि अति नै महत्वपूर्ण भयको साथै यस्ता कार्यक्रमको निरन्तरता हुनु पर्नेमा जोड दिदै उक्त परियोजनालाई आवश्यक सहयोग तथा समन्वय सधै रही रहने कुरा भजनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष श्री केशब बहादुर बुढाले व्यक्त गर्नु भयो ।