१७ गतेदेखि टीकापुरमा सांगीतिक उत्सव हुँदै

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ११ मंसिर /
टीकापुर पार्क पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि टीकापुर आइर्ल्याण्ड सांगीतिक उत्सव हुने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि टीकापुर पार्कमा तिन दिने सांगीतिक उत्सव आयोजना गरिन लागेको हो । नमह कर्णाली एग्रो टुरिजम प्रालिको आयोजनामा हुन लागेको उक्त सांगीतिक उत्सव यहीँ मंसिर १७ गतेदेखि १९ गतेसम्म टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको बीच टापुमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सञ्चालन गरिने नमह कर्णाली टुरिजम प्रालिका सञ्चालन पृथ्वी रावलले बताएका छन् ।
उनले कोरोनाका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई माथी उठाउनको लागि र टीकापुर पार्कक्षेत्रको थप प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नको लागि सांगीतिक उत्सव सञ्चालन गरिने बताएका छन् । सांगीतिक उत्सवमा राष्ट्रिय गायक प्रमोद खरेल, प्रीति आले, चक्र बम, लालबहादुर धामी (आछामी बड्डो) रुबिना अधिकारी लगायतका कलाकारहरुको प्रस्तुत सांगीतिक उत्सवमा देख्न सकिने बताएका छन् ।
“हामिले कार्यक्रमको सम्पुर्ण तयारी पूरा गरिसकेका छौँ । कलाकारहरुको पनि टुंगो लागिसकेको छ र, प्रचारप्रसारलाई मुख्य प्राथमिकतामा राखेका छौँ ।” रावलले भने, “तीन दिनको अवधीमा करिब २५ हजार जनाले सांगीतिक उत्सवको अवलोकन गर्ने अपेक्षा लिएका छौँ । सांगीतिक उत्सव आयोजना गर्नुकोन मुख्य उद्देश्य भनेकै टीकापुर क्षेत्रको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नु नै हो ।”
टीकापुर पार्कबाट मात्रै जानसक्ने उक्त सांगीतिक उत्सवले टीकापुर पार्कको आम्दानी समेत बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा रमाउन जाने आन्तरिक पर्यटकहरूले टीकापुर पार्कले लिदै आएको शुल्क तिर्नुपर्ने भएका कारण पनि पार्कको आमदानी बढ्ने देखिएको हो ।
कोरोनाका कारण दुई वर्षसम्म टीकापुर पार्कमा पर्यटकहरूको संख्यामा कमि आउँदा निकै समस्या भएको बताउँदै प्रालिका अर्का सञ्चालक हंशराज रावलले बताएका छन् । पार्क पर्यटकहरुका लागि पार्क यसक्षेत्रैकै महत्त्वपूर्ण क्षेत्र भएको रावलले बताएका छन् । सञ्चालक रावलले पार्कको प्रचारप्रसारले ब्यापार व्यवसायका साथै रोजगारीका अवसरहरु पनि बढ्ने बताएका छन् । “लामो समयदेखि हामिले टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको टापुमा पर्यटकहरूका लागि भनेर रिसोर्ट सञ्चालनमा ल्याउने गरेका छौँ । जहाँ कर्णाली नदीमा र्‍याफि्टङ सञ्चालन गर्दै आएका छौँ ।” प्रालिका अर्का सञ्चालन हंसराज रावलले भने, “अहिलेसम्म यस क्षेत्रमा हाम्रो ४० लाख भन्दा बढी खर्च भैसकेको छ । अझै थुप्रै काम गर्न बाकी छ । पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न सके टीकापुर क्षेत्रलाई पर्यटन क्षेत्रको हवको रुपमा विकास गर्न सकिन्छ ।”
उनले कर्णाली चिसापानी पुलदेखी सत्तीसम्म नदीमा र्‍याफि्टङको सञ्चालन भएको बताउँदै कर्णाली नदीमा सानो पानीजहाज पनि चलाउन सकिने बताएका छन् । रावलले कर्णाली नदीमा थुपै सम्भावनाहरु भएको बताउँदै पर्यटन क्षेत्रमा टीकापुर नगरपालिकाको चासो नदेखिएको बताएका छन् । उनले नगरपालिकासँग पर्यटन क्षेत्रको विकासको लागि काम गर्ने कुनै इच्छाशक्ति नै नभएको बताउँदै कर्णाली नदी र टीकापुर पार्कलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने सके नगरपालिकाले आन्तरिक आम्दानीका लागि भौतारिनु नै नपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *