शेयेर गर्नुहोस
टीकापुर १७ फागुन /
मल्टी च्याप्टर प्री-इन्डक्सन एण्ड पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ ।
टीकापुर जेसीजको आयोजनामा भएको उक्त तालिममा सातवटा अन्य शाखाको सह आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा नारायणुर, लम्की, लम्की लेडी, घोडाघोडी, जानकी र जोशीपुर जेसीजको सह आयोजना रहेको थियो । टीकापुर जेसीज वर्ष २०२६ का अध्यक्ष कमल राज सुवेदीको अध्यक्षतामा भएको तालीमको उद्घाटन गर्दै टीकापुर जेसीजका पुर्व अध्यक्ष तथा नेपाली जेसीजका पुर्व महासचिव टेकराज रेग्मीले नेतृत्वले जेसीजलाई बुझ्न र समाजमा युवाहरूलाई जेसीज बुझाउन आवश्यक रहेको बताएका छन् ।
“हामीले जेसीजको नेतृत्व गरिरहँदा त्यसलाई बुझ्न जरुरी छ भने समाजका युवाहरुलाई बुझाउन जरुरी छ ।” उनले भने, “एक वर्ष एक कार्यकाल हुने जेसीजलाई महत्त्वपूर्ण बनाएर समाजमा स्थापित हुने काम नेतृत्वले गर्नुपर्छ ।” उनले जेसीजले व्यवसायमा युवाहरूलाई जोड्न विशेष भुमिका गर्दै आएको उल्लेख गर्दै उद्यम बिनाको जेसीज सफल नहुने धारणा व्यक्त गरेका छन् । भविष्यको मार्गचित्र कोर्ने उमेर समुह नै जेसीजको उमेर समुह भएको हुँदा देश तथा विदेशमा व्यावसायिक सम्बन्ध स्थापित गर्ने माध्यम जेसीज बन्दै आएको उनले बताएका छन् ।
तालिममा आयोजक तथा सहआयोजना शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । टीकापुर जेसीजका कार्यकारिणी उपाध्यक्ष तारासिंह बमले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष झलनाथ खनालले गरेका थिए । तालीममा रेग्मी सहित पत्रकार परमानन्द पाण्डेले प्रशिक्षण दिएका थिए ।










