मष्टोको चियापान

शेयेर गर्नुहोस

   
टीकापुर ०४ कार्तिक /
मष्टो संस्कृति प्रवर्द्धन समाजको भेटघाट तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
   समाजका अध्यक्ष काँसीराम कार्कीको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि कैलाशेश्वर शिव मन्दिरका व्यस्थापन समितिका अध्यक्ष नारायण प्रसाद तिमिल्सिना रहेका थिए । तिमिल्सिनाले धर्म संस्कृतिको जगेर्ना गर्नु सबैको दाइत्व रहेको बताउँदै त्यसको हस्तान्तरण पनि जरुरी रहेको बताएका छन् । उनले संस्कृतिको मात्र इतिहास नभई ज्ञान को पनि इतिहास रहने र त्यो ज्ञानको कमी अहिलेका पुस्ताहरुमा देखिएको बताएका छन् ।
प्राचीन कालदेखि आमाबुबालाई इश्वरको दर्जा दिइने समाजमा पछिल्लो समय आमाबुबालाई छिछी र दुरदुर गर्ने स्थितिमा पुगेको बताउँदै उनले त्यसका लागी संस्कृति, ज्ञान र सीप हस्तान्तरण गर्न जरुरी रहेको समेत बताएका छन् । कार्यक्रममा समाजका सल्लाहकार सदस्य लालकेश उपाध्याय, ललिता देवी उपाध्याय, अर्जुन बहादुर शाही, उपेन्द्र जंग शाही, ताराप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार संयोजक ललित जंग शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *