शेयेर गर्नुहोस
भजनी १९ मंसिर/
भजनी स्थित महुन्याल माद्यामिक बिधालयले झण्डै दुई वर्ष पछि बिधालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ ।
लामो समयको विवादका कारण दुई वर्षदेखि अध्यक्ष चयन हुन नसके पनि शुक्रबार सहमतिका आधारमा बिधालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद जैशीलाई चयन गरिएको बताइएको छ । शुक्रबार सहमतिका आधारमा बिधालय व्यवस्थापन समितिको अध्यक्षमा जैशीलाई जिम्मेवारी दिने सहमति भएपछि जैशी अध्यक्ष चयन भएको बिधालयका प्रधानाध्यापक बिद्याप्रसाद भट्टले जानकारी दिएका छन् ।
बिधालय व्यवस्थापन समितिको अध्यक्षमा सहमति हुन नसक्दा भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।










