शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी २९ भदौ /
भजनी स्थित महुन्याल माध्यामिक बिधालयको सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष मोतीसिंह विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख केवल चौधरी रहेका थिए । कार्यक्रममा नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर सिंह विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी र सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो ।

