शेयेर गर्नुहोस
टीकापुर १९ कार्तिक /
जानकी गाउँपालिका वडा नं. ६ स्थित महेन्द्र शिशु माध्यमिक बिधालय धर्मापुरको सामाजिक परीक्षण सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयकी शिक्षक अभिभावक संघ अध्यक्ष निर्मला लुहारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख आशिष चौधरी रहेका थिए भने विशिष्ट अतिथिमा वडा नं. ६ का वडा अध्यक्ष इन्द्र चौधरी, शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी, बिधालय व्यवस्थापन समिती अध्यक्ष गुरुप्रसाद चौधरी, पुर्व बिधालय व्यवस्थापन समिती अध्यक्ष
चन्द्रप्रकाश चौधरी, हरिनारायण चौधरी रहेका थिए ।
शिक्षक शिक्षक बम बहादुर क्षेत्रीले स्वागत गरेको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक
आशाराम चौधरीले राखेका थिए भने प्रधानाध्यापक खगेन्द्रप्रसाद उपाध्यायले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा २०७९ को उत्कृष्ट शिक्षकका रूपमा शिक्षक रामनारायण चौधरी, विद्यार्थी बिनिता चौधरी, अनुशासित विद्यार्थी सन्तोष सञ्ज्याल र अविभावक हेमरानी चौधरीलाई सम्मान गरिएको छ । कक्षा शिशु देखि १२ सम्म शैक्षिक सत्र २०७९ मा कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने ३९ जना छात्रछात्राहरुलाई पनि पुरस्कृत गरिएको छ । त्यसै गरी जानकी गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्ने चार जना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चौधरीले मन्तव्य राख्दै विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विद्यार्थीहरुलाई अग्रजका कुरा सुनी सिकाईमा सक्रिय हुन तथा विद्यालयलाई शैक्षिक उपलब्धिमा केन्द्रित हुन सुझाव दिए । कार्यक्रममा विद्यार्थी हरुले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।