महोत्सवको उद्घाटन मन्त्री पाण्डेले गर्ने

शेयेर गर्नुहोस


टीकापुर ०५ पुस /
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने टीकापुर महोत्सव संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने भएका छन् ।
यहीँ पुस २५ गतेबाट सञ्चालन हुने सुदुरपश्चिम प्रदेश औधोगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन मन्त्री पाण्डेले गर्ने भएका हुन । टीकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव सचिवालय संयोजक सन्तोष खड्काले समग्र टीकापुर क्षेत्रको विकासलाई जोड दिँदै आयोजना हुने टीकापुर महोत्सवले यसवर्ष टीकापुर विमानस्थलको दीर्घकालीन योजना माग गर्न मन्त्री पाण्डेलाई महोत्सवको प्रमुख अतिथि बनाउने निर्णय गरिएको बताएका छन् ।
“आज टीकापुर विमानस्थल सञ्चालन हुँदा त्यसको दिगो योजना सहित आवश्यक पुर्वाधारको माग गर्ने उद्देश्यका साथ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई महोत्सवमा ल्याउने निर्णय गरेका छौँ ।” उनले भने, “मन्त्रीसँग त्यहीँ विमानस्थलको एजेण्डालाई मुख्य बनाएर योजना माग गर्ने तयारी गरेको छ । त्यो सँगै अन्य टीकापुरका महत्त्वपूर्ण योजना पनि माग गर्ने रणनीति हाम्रो छ ।” संयोजक खड्काले महोत्सवमा यसवर्ष दुईसय व्यापारिक स्टल राखिने बताएका छन् । २६ होटलका स्टल रहनेछन् । १४ वटा अटोमोबाइलस स्टल र कृषि देखि अन्य क्षेत्रका लागि ९ वटा स्टल रहने बताइएको छ । उनकाअनुसार महोत्सवमा थारु गाउँ यसवर्ष पनि रहने छ । थारु गाउँमा २४ वटा स्टल रहनेछन् ।
यसवर्ष पनि महोत्सवको टाइटल प्रायोजक टीटीसी ग्रुप रहेको बताउँदै संयोजक खड्काले आधिकारिक होटल ज्युनास टीकापुर रहेको छ । २०६५ सालदेखि संघले महोत्सव आयोजना गर्दै गर्दै आएको छ । संघले महोत्सव मार्फत टीकापुरको विकासको मुद्दा उठान गर्दै आएको छ । त्यसमध्ये कैयौं उठाएका मुद्दामा संघले सफलता हासिल गरेको छ भने केही एजेण्डा आज पनि कार्यान्वयन हुन सकेका छैनन् ।
स्थानीय वस्तुको प्रवर्द्धन, टीकापुरको व्यापारमा टेवा पुर्याउने, पर्यटन क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि महोत्सवले काम गर्दै आएको बताउँदै संयोजक खड्काले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा समेत काम गर्दै आएको बताएका छन् । उनले गतवर्ष महोत्सवबाट भएको फाइदाबाट बजारको चार स्थानमा सीसीटीभी क्यामरा जडान गरेको बताएका छन् । संघका अध्यक्ष चक्रपाणी सापकोटाले महोत्सव सफल बनाउनको लागि सबैलाई आग्रह पनि गरेका छन् । उनले सबैको समन्वय र सहकार्यबाट मात्रै महोत्सव सफल बनाउन सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *