महोत्सवको तयारी तिब्र

शेयेर गर्नुहोस


टीकापुर १७ पुस/
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तिब्र पारेको छ ।
टीकापुरस्थित खुला मैदानमा यहीँ माघ ४ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको हो । २०६५ सालदेखी निरन्तर सञ्चालन गर्दै आएको टीकापुर उद्योग वाणिज्य संघले कोरोनाका कारण विगत दुई वर्ष यता सञ्चालन हुने सकेको थिएन । शनिबार पत्रकारहरुसँगको छलफलमा संग्जका अध्यक्ष चक्रपाणी सापकोटाले महोत्सवको तयारी तिब्र पारिएको बताएका छन् । उनले महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने तयारी भैरहेको बताए ।
करिव २०० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाईल्स लगायतको प्रर्दशनी रहनेछ । हालसम्म ७० प्रतिशत स्टल बुकिङ भैसकेको स्टल संयोजक बमबहादुर ओलीले जानकारी दिएका छन् ।
महोत्सवस्थल भित्र यसवर्ष पनि थारु गाउँ समेत निर्माण गरिने भएको छ । थारु गाउँ भित्र थारु भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने साँस्कृतिक संयोजक तपेन्द्र कुँवरले जानकारी दिए ।
साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहेने छ । महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत सञ्चालन हुने संयोजक कुँवरले बताए । उनले विद्यार्थीहरुको क्षमता प्रदर्शनका लागि नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *