माओवादीबाट मेयर र उपमेयरको उम्मेदवार सिफारिस

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०२ बैशाख /
कैलालीको टीकापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर उपमेयरको उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको बैठकले पाँच जना मेयर र ६ जना उपमेयरको उम्मेदवार सिफारिस गरेको हो । सत्ता गठबन्धन दल माओवादी केन्द्रले मेयर पद पाए मात्रै सत्ता साझेदारी दलसँग सहकार्य गर्ने जनाइसकेको छ । माओवादीको नगर कमिटी आजको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
जसअनुसार मेयरमा खडकबहादुर शाह, खुसीराम थारू, नन्दराम वि.क., बालकृष्ण थारू र ललित बहादुर थापाको नाम सिफारिस गरिएको छ । यस्तै, उपमेयरमा आशाकुमारी चौधरी, कमला कोइराला, कल्पना खड्का, कल्पना जैसी, ताराप्रसाद सञ्जयाल र दिव्या प्रयासी चौधरी रहेका छन् ।
सचिव खुसीराम थारू र अध्यक्ष खडक बहादुर शाहले संयुक्त विज्ञप्ति जारी गर्दै सम्मानजनक गठबन्धन भए मात्रै अरू दलसँग स्थानीय निर्वाचनमा सहकार्य हुने जनाइसकेका छन् ।
माओवादी टीकापुरले आफ्नो पार्टी गत स्थानीय निर्वाचनमा दोस्रो भएको बताउँदै गठबन्धन भए नगर प्रमुख पाउनु पर्ने दाबी गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *