माओवादी केन्द्रको पालिका अधिवेशन सुरु

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १२ मंसिर /

नेकपा माओवादी केन्द्रको देशैभर शनिबार देखि पालिका तहको अधिवेशन सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रको टीकापुर नगर कमिटीका अध्यक्ष खडक शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)ले जुममार्फत (अनलाईन) बाट उद्घाटन गरेका छन् । नगर भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश भरीका नेता तथा कार्यकर्ताहरुलाई एक जुट र जुझरु भएर पार्टीलाई अगाडी बढाउन लाग्नु पर्नेमा जोड दिएका छन् । उनले अबका दिनमा माओवादी केन्द्र अन्य पार्टी भन्दा फरक र इतिहासमा आफनो दायित्व र जिम्मेवारी बहनगर्ने पार्टीका रुपमा स्थापित हुने बताए ।
“अब नेकपा माओवादी केन्द्रले देश र जनताको पक्षमा फरक ढंगले प्रस्तुत हुन आवश्यक छ । त्यसका लागि सबै नेता तथा कार्यकर्ताहरुले एक ठाउँमा आएर पार्टीलाई बलियो रुपमा प्रस्तुत गर्नुपर्ने छ ।” प्रचण्डले भने, “वडा देखि नै एउटा सशक्त र जुझारु टीम नेतृत्वमा आउन सके जनताका मुलभुत कुराहरूलाई सम्बोधन गर्न सजिलो हुनेछ भने, फुटबाट विकास र समृद्धि सम्भव नभएकाले एकतालाई तल्लो तहबाटै बलियो बनाउन अहिले भैरहेका अधिवेशनले महत्त्वपूर्ण भुमिका खेल्ने छ ।” उनले यूवा वर्गलाई विशेष आग्रह गर्दै यदि कसैले माओवादीकेन्द्रको प्रगतिर महाअभियानमा अवरोध गर्न खोजे ईटाको जवाफ पथ्थरले दिने गरी तयार रहन अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सहईन्चार्ज नेपबहादुर चौधरीले थारुले क्रान्तिकारी शक्तिको जित भनेको राष्टको जित भएको र राष्टको जित भनेको राष्टको समृद्धि भएकाले राष्टको समृद्धिका लागी भएपनी पार्टीलाई केन्द्रमा राखी सम्मेलन सफलपार्न तर्फ विचार गर्नु पर्ने बताएका छन् । “अब सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प देखिएको छैन । त्यसका लागि हामी सबैको लगनशीलता र इमान्दारिता आवश्यक हुन्छ ।” चौधरीले भने, “यदि तल्लो तहमा चुनिने पदाधिकारीहरुकै कारण पार्टीलाई मजबुत बनाउन सकिने भएकोले अहिलेको अधिवेशनले एक सक्षम नेतृत्वको जन्म हुने छ ।”
कार्यक्रममा हरि ज्ञवाली,नन्दरामविक,पत्रकारदुर्गा भण्डारी, बालकृष्ण चौधरी विकास , लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन धनसिंह साउँदले गरेका थिए । टीकापुर नगर कमिटीको बन्दसत्र आज (आइतबार) दस बजेसम्मका लागि स्थगित गरिएको छ । नयाँ आउने नेतृत्व सहमतिबाट टुंगो लगाउने बताउँदै आवश्यक गृहकार्यका लागि बन्दसत्र स्थगित गर्नुपरेको बताइएको छ ।
त्यस्तै जोशीपुर गाउँपालिकाको प्रथम गाउँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी कैलाली जिल्ला ईन्चार्ज रुपा चौधरीले गरिवीबाट उन्मुख हुन उत्पादनलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै जब सम्म स्थानिय उत्पादनलाई सरकारले व्यवस्थापन गर्न सक्दैन तव सम्म जनता गरिब नै रहने बताएकी छन् । उनले देशको आमुल परिवर्तन गर्नमा माओवादीको ठुलो योगदान रहेको बताउदै पालिका तहमा भैरहेको अधिवेशनबाट सहि र सक्षम नेतृत्व चयन गर्न आम सर्वसाधरणलाई आग्रह पनि गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *