मालपोतले उठायो ४० करोड बढी राजश्व

शेयेर गर्नुहोस


टीकापुर ०७ साउन /
मालपोत कार्यालय टीकापुरले गत आर्थिक वर्ष २०८१/०८२ मा ४० करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
मालपोत कार्यालयले १० वटा शिर्षकमा गत आर्थिक वर्षमा ४० करोड २७ लाख ३४ हजार एक सय ३५ रुपैयाँ राजश्व संकलन गरेको हो । यो आर्थिक वर्ष २०८०/०८१ को भन्दा चार करोड ७ लाख ७४ हजार एक सय ४५ रुपैयाँ बढी हो । मालपोत कार्यालय टीकापुरले आर्थिक वर्ष २०८०/०८१ मा ३६ करोड १९ लाख ५९ हजार ९ सय ९० रुपैयाँ राजश्व उठाएको थियो ।
गत आर्थिक वर्ष रजिष्ट्रेशन प्रतिलिपी रोक्का र अन्य दस्तुरबाट २४ करोड ३३ लाख एक हजार चार सय ९८ रुपैयाँ, पुँजीगत लाभकर अग्रिम कर समेत १५ करोड ९४ लाख ३४ हजार एक सय ३५ रुपैयाँ उठेको मालपोत कार्यालय टीकापुरका सुचना अधिकारी प्रेम प्रकाश सिंहले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा रजिष्ट्रेशन प्रतिलिपी रोक्का अन्य दस्तुर बापत २० करोड ८० लाख २६ हजार पाँच सय ७४ रुपैयाँ र पुँजीगत लाभकर अग्रिम कर समेतमा १५ करोड ३९ लाख ३३ हजार चार सय १६ रुपैयाँ राजश्व उठेको थियो ।
मालपोत कार्यालयबाट गैर घर जग्गा सम्बन्धि लिखित पारित ८८ वटा, फुकुवा चार हजार चार सय ६०, लिखित पारित ६ हजार दुई सय ९७, नामसारी पाँच सय ७८, दाखिल खारेज दुई सय ७ को काम भएको छ । त्यसैगरी संशोधन घर कायम स्रेस्ता कायम अन्य विविध एक हजार ६ सय ६९, कित्ता एकीकरण एक सय ४६, रोक्का चार हजार सात सय ५२, मोहि लागत कट्टा ७६, प्रतिलिपी दुई सय गरेर १८ हजार चार सय ७३ कारोबार भएको सुचना अधिकारी सिंहले बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा भने १८ हजार एक सय ३९ कारोबार भएका थिए ।
मालपोत कार्यालय टीकापुर यतिबेला कार्यालय प्रमुख बिहिन भएको छ । गएको वैशाखबाट निमित्तको भरमा चकिरहेको भन्सार कार्यालय निमित्त प्रमुखको जिम्मेवारी पाएका नायव सुब्बा लालबहादुर बोहरा बढुवा भएर गएपछि अहिले मालपोत कार्यालय प्रमुख बिहिन बनेको छ । २०७६ भदौ १८ गतेदेखि २०८२ वैशाख १२ गतेसम्म मालपोत मालपोत कार्यालय टीकापुरको प्रमुखको जिम्मेवारी दलबहादुर चन्दले निर्वाह गरेका थिए । निमित्तबाट अहिले पनि कार्यालयको कामकाजमा समस्या नभएको मालपोत प्रशासनको दाबी छ ।

ताजा खबर

एक वर्ष अगाडि सकिँदै पुलको काम

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *