मुकुन्दको अभिनयमा सुनो सजनी बजारमा

शेयेर गर्नुहोस


टीकापुर ११ माघ /
थारु गितहरुमा निकै रुचाइएका मोडल मुकुन्द जिसीको अभिनय सुनो सजनी बजारमा आएको छ ।
गितमा मोडल जिसीलाई सोनु बज्राचार्य साथ दिएकी छिन । मुकुन्द जिसी युटुव च्यानलबाट शुक्रबार सार्वजनिक भएको उक्त गितमा अनु चौधरी र उमेश मुस्कानले स्वर दिएका छन् । उमेश मुस्कानको शब्द, संगितमा रहेको उक्त गितमा मोडल जिसी र सोनुको रोमान्टिक सिनहरु देख्न सकिन्छ भने गितको अन्तिममा लडाइको मिश्रण पनि रहेको छ ।
सुनो सजनीको निर्देशन बिक्रम चौहानले गरेका छन् । क्यामरामा प्रकाश खड्काले साथ दिएका छन् भने भिडियो मिक्सिङमा मिलन विश्वकर्माले गरेका छन् । गितको दृश्य सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला र तराईका जिल्लामा गरिएको छ ।
“गितमा निकै मिहिनेत गरिएको छ । दर्शकहरूले पनि रुचाउँछन् भन्ने आशामा हामी छौँ ।” मोडल जिसीले भने, “आजसम्म दर्शक तथा श्रोताहरुको साथ पाएका छौँ । त्यहीँ साथले आज यो स्थानमा पुर्याएको छ । सबै प्रती हार्दिक नमन गर्न चाहन्छु ।” उनले आगामी दिनमा पनि दर्शक श्रोतामाझ नयाँ नयाँ समय सान्दर्भिक गित संगीतहरु ल्याउँदै जाने बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *