मुक्तकमैया बालबालिकालाई शैक्षिक सामाग्री वितरण

शेयेर गर्नुहोस


टीकापुर १० साउन /
हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडले मुक्तकमैया बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय टिकापुरले मुक्तकमैया बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिका वडा नं. १ मुक्तकमैया शिवनगर रहेको ज्योती आधारभुत विद्यालयमा अध्ययनरत ६५ जना मुक्तकमैया बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको उपप्रादेशिक कार्यालय प्रमुख तारासिंह बमले जानकारी दिएका छन् ।
उनका अनुसार बालबालिकालाई स्कुल झोला, बिद्यार्थीका अभिभावकहरुलाई एकएक थान टिसर्ट वितरण गरेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका उक्त परिवारहरुलाई सो कार्यले सहयोग पुग्ने अपेक्षा गरिएको बमले जानकारी दिएका छन् । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले समाजप्रति सबैले उत्तरदायी बन्नुपर्ने बताएका छन् । उनले कसैलाई सानो सहयोगले ठूलो राहत महसुस हुने भएको बताउँदै अन्य संघसंस्थाहरुले पनि समाजप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *