मुक्त कमैया दिवस मनाइयो

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी ०३ साउन/

कैलालीको भजनी नगरपालिकाको सहयोग र नगर स्तरीय मुक्त कमैया संजाल भजनीको आयोजनामा सम्पूर्ण मुक्त कमैया एकता बद्ध हौं, ब्यबस्थित पुर्नस्थापनाका लागि अघि बढाैं भन्ने मुल नाराका साथ २२अाैं मुक्त कमैया दिवस सम्पन्न भएको छ। २२अाैं मुक्त कमैया दिवस नगर स्तरीय मुक्त कमैया संजालका अध्यक्ष तेस राम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका भजनी नगर प्रमुख केवल चौधरीको प्रमुख अतिथि रहेका थिए भने उक्त कार्यक्रममा भजनी नगर उप-प्रमुख राजु तिरुवाको बिशिष्ट अतिथि ,नागरिक उनमुक्ती पार्टी केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ( चौधरी)को बिशिष्ट अतिथि, मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीको बिशिष्ट अतिथि, भजनी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , भजनी नगरपालिका वडा नं.३का वडा अध्यक्ष बिक्रम चौधरी, भजनी नगरपालिका वडा नं.६ का वडा अध्यक्ष राम सागर चौधरी, भजनी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष सन्जिब चौधरी, सम्पुर्ण वडाका वडा सदस्य, विभिन्न राजनीतिक दलका नेता प्रतिनिधि, भजनी नगरपालिका भित्रका संघ संस्थाका प्रमुख प्रतिनिधि, भजनी नगरपालिका वडा नं. १ देखि ९ सम्मका सम्पुर्ण गाउँका भलमन्सा( वडघर), सुरक्षाकर्मी , पत्रकार सञ्चारकर्मी ,समाजसेवी र बुद्धिजीवी लगाएत अतिथि रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले मुक्त कमैयाका बालबालिकालाई निशुल्क शिक्षा,स्वास्थ्य सुविधा, क्षात्रवृद्वि, भजनी नगरपालिका सधै मुक्त कमैयाका पक्षमा रहेने,भजनी नगरपालिकामा रहेका मुक्त कमैयाको विषयमा सरकार संग पाउनु पर्ने रकमको निकासा लगाएतका विषय वस्तुमा सम्बोधन गर्नु भएको थियो।उक्त कार्यक्रममा राजनीति दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।उक्त कार्यक्रमको सञ्चालन सीता राम चौधरीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *