शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २० भदौ /
टीकापुर नगरपालिका वडा नं. २ स्थित जनशक्ति सामुदायिक वनमा रहेको मुलपानीको पानीको सतह टिकापुर नगरपालिकाले घटाएको छ।
मुलपानि क्षेत्रकाे पाेखरिमा नुहाउने क्रममा पटकपटक डुबेर ज्यान गएकोले पाेखरिकाे पानीको नगरपालिकाले सतह घटाएको हो । आन्तरिक पर्यटकहरुको केन्द्र बनेको मुलपानिमा नुहाउने क्रममा पटकपटक दुर्घटना घटेकाले पाेखरिकाे पानीको सतह घटाइएको टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले बताएका छन् । पानी बाहिर जाने मुहान अलिक चाैडा र गहिरो पारिएको नगर प्रमुख थारुले जानकारी दिए ।
टिकापुर नगरपालिकाका नगर प्रहरी ,प्राविधिक कर्मचारी सहित जेसिवि सहित मुलपानि पुगेका नगर प्रमुख थारुले पर्यटन पर्यावरणीय क्षेत्र भएकोले पर्यटनसँगै जाेड्दै पानीको सतहलाइ घटाउने काम भएको भएपनि साे क्षेत्र घुम्न र नुहाउन आउने पर्यटकलाई पनि सुरक्षाको लागि सतर्कता अपनाउनु पर्ने बताएका छन् ।
न्नयसैगरी जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिर्घ तिरुवाले अहिलेसम्म टिकापुर नगरपालिकाले मुलपानि क्षेत्रकाे विकासका लागि सहयोग गरेको र सुरक्षाका मापदण्ड सहित यसको स्तराेन्नतिका लागि ध्यानाकर्षण गराएका छन् । मुलपानि क्षेत्रमा भ्रमण र नुहाउनका लागि सामुदायिक वनले शुल्क लिने गरेकोले पर्यटकको सुरक्षा सामाग्रीकाे व्यवस्था गर्नुपर्ने स्थानीयकाे भनाइ रहेको छ ।
शनिबार मात्रै जानकी गाउँपालिका वडा नं. ८ का २० वर्षका पुष्पराज उपाध्यायकाे नुहाउने क्रममा पाेखरिमा डुबेर मृत्युु भएको थियोे ।