मेयरमा चपाई र उपमेयरमा चौधरी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०२ बैशाख /
नेकपा एकीकृत समाजवादी पार्टी टीकापुर नगरपालिकाको आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि मेयर तथा उपमेयरको टुंगो लगाएको छ ।
एकीकृत समाजवादी पार्टीबाट टीकापुर नगरपालिकाको मेयरको लागि नागरिक अगुवा भिमराम चपाईलाई अघि सारेको छ भने उपमेयरमा सीता चौधरीलाई अघि सारेको छ । शनिबार बसेको टीकापुर नगर कमिटीको बैठकले चपाईलाई मेयरमा र चौधरीलाई उपमेयरको उम्मेदवार उठाउने निर्णय भएको बताइएको छ ।
पाँच दलिय गठबन्धन भएको अवस्थामा त्यसैअनुसार अगाडि बढ्ने योजना बनाएको एकीकृत समाजवादीले गठबन्धन नभएको अवस्थामा आफ्नो उम्मेदवारलाई तयार पारेर चुनावी प्रचारप्रसारमा लाग्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *