मेरो जित नै जनताको जित : डा. रावल

शेयेर गर्नुहोस


टीकापुर २४ कार्तिक /
कैलाली क्षेत्र नं. १ प्रदेश “ख” बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले आफ्नो जित नै जनताको जित हुने बताएका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा मतदाताहरुसँग कुरा गर्दै रावलले प्रदेशको पहिलो कार्यकालमा भएका अधुरा कामहरू पूरा गर्न र टीकापुर क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै टीकापुरको विकास नै आफ्नो जित हुने र त्यसलाई जनताको जितको रुपमा आफुले लिन बताएका हुन । “हामीलाई विकास चाहिएको छ । सबैको अपेक्षा पनि आफ्नो क्षेत्रको विकास होस् भन्ने हुन्छ ।” डा. रावलले भने, “त्यसमा हिजोको कामको मुल्यांकन गर्दा पनि मैले केही कामको सुरुवात गरेको छु । बाँकी काम सुरु गर्नु छ । ती कामलाई पुर्ण गर्नका लागि पनि मतदाताले मलाई यसपटक साथ दिनेछन् ।”
उनले कुरा गरेर मात्रै समृद्धिको सपना पूरा नहुने बताउँदै त्यसका लागि समाजमा हालसम्मको योगदाको समिक्षा गर्न समेत आवश्यक रहेको बताएका छन् । “गर्दैन कस्ले भन्छ ? सबैले गर्छु नै भन्ने हो ।” डा. रावलले भने, “गर्छु भन्ने ब्याक्तीको विगतमा समाजमा गरेका उपलब्धिको पनि समिक्षा त जनताले गर्न सक्लान् ।” उनले आफ्नो क्षेत्रको समग्र भुभाग समेत नदेखेकाहरुले विकासको मुल फुटाउँछु भनेर विश्वास गर्न नसकिने बताएका छन् ।
उनले जातीय नारा लगाएर हिजोका दिनहरू गरेको उपलब्धि अहिले पनि हात पार्ने अपेक्षा कसैले गर्न नहुने बताउँदै जातको नाममा भोट माग्नेहरु समाजको विखण्डन चाहनेहरु भएको बताएका छन् । “जो सार्वजनिक कार्यक्रममा होस् वा बहसमा होस् आफ्नो सहभागिता गराउन डराउनेहरु जनताको पक्षमा काम गर्न सक्छन् ? कदापि सक्दैनन् ।” नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. रावलले भने, “हामी झुटको खेती गरेर भोट माग्दैनौं । जे छ त्यहीँ बोल्ने हो । हामी त्यहीँ बोल्छौं । हामीलाई टीकापुरको चिन्ता छ ।”
कैलाली क्षेत्र नं. १ प्रदेश “ख” मा ११ जना प्रतिस्पर्धामा रहेका छन् । त्यसमध्ये लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *