शेयेर गर्नुहोस
निर्मल रैका
धनगढी २१ साउन / धनगढी उप–महानगरपालिकाका वडा नं १३ राजपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन।
धनगढीदेखि अत्तरिया जोड्ने ६ लेन सडकमा म२प ८०६० र से३प ५९०३ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।दुर्घटनामा परि धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४४ वर्षीय छत्र सोब, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय ललित चन्द र बैतडीको मेलौली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय मनोज चन्द घाइते भएका छन्।
उनीहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।