मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु

शेयेर गर्नुहोस


टीकापुर २६ पुस /
कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ७ मा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको
मोहन्याल गाउँपालिका वडा नं. ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधवार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. १ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसरा ढकालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिसिंह डागीले जानकारी दिनुभएको छ ।
ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उहाँहरु अछामबाट बर्दियाको भुरीगाउँ आउँदै गरेको जनाइएको छ । दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *