मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ घाइते

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०६ बैशाख /
कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। 
जिल्लाको टिकापुर नगरपालिका १ बस्ने ६० वर्षीय राजु चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। सत्तिबाट टिकापुर आउनेक्रममा टिकापुर ५ मौरानियामा चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । पछाडी सवार सोही ठाउँका ४५ वर्षीय अनिल जोशि घाइते भएका छन्।
आइतबार राति ८ बजेको समयमा भएको उक्त दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा चन्दको बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै जोशिको टाउकोमा चोट लागेको छ । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *