रेडियोमा तोडफोड सहित कुटपिट

शेयेर गर्नुहोस


समाधान समाचार , टीकापुर ०५ बैशाख /
  कैलालीको लम्कीस्थित रेडियो रेड स्टार एफएममा तोडफोड भएको छ। स्थानीय ९ जनाको समूहले आइतबार साँझ एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशीसहित २ जनालाई कुटपिट गरेको छ।
९ जनाको समूहले बाहिर आउनुपर्ने भन्दै एक्कासी सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेको हो। प्रबन्ध निर्देशक जैशीको कान र हात खुट्टामा चोट लागेको बताइएको छ। महासंघ जिल्ला शाखा तथा अन्य पत्रकारका भातृ संगठनले घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *