शेयेर गर्नुहोस
टीकापुर १० फागुन /
मानव स्वास्थ्य, सुख, शान्ती र सम्बृदीका लागि जिएसपिएसएस नेपालका संयोजक तथा राष्ट्रिय उपाध्यक्ष दिर्घराज गिरीले टीकापुरलाई योगका माध्यमबाट चिनाउन सकिने बताएका छन् ।
करिब १५ बर्ष देखि टीकापुर केसीज भवनबाट निरन्तर सेवा, साधना सञ्चालन गर्दै आएका गिरीले जमरा कुलोसँग रहेको अस्तव्यस्त क्षेत्रलाई व्यवस्थापन गर्दै योग साधना केद्रको रुपमा विकास गरेका छन् । झण्डै १५ कट्टा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा पिरामिड आकारको साधना केन्द्र निर्माण गरिएको हो ।
आश्रमको निर्माण चल्दै गर्दा नियमित मर्मतसम्भार र सरसफाईका कार्य निरन्तर रुपमा हुने गरेको गिरी बताउँछन्
। हप्ताको शनिबार नगर क्षेत्रको सरसफाइ अभियानलाई आज पनि निरन्तरता दिइदै आएको छ । संस्थाका टीकापुर नगर समिति अध्यक्ष अनु बिष्ट, जिल्ला समिति अध्यक्ष गीता पाण्डे र प्रदेश समिति अध्यक्ष गीता गिरी लगायतको सहभागीता रहँदै आएको छ ।










