शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर ०९ माघ / टीकापुर योगाश्रमको २३ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
टीकापुर योगाश्रमका अध्यक्ष नरबहादुर कठायतको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता रणबहादुर रावलले योगाश्रम भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन तथा वािर्षकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले नेपालकै योग क्षेत्रमा उत्कृष्ट संरचना निर्माण भएको बताएका छन् । उनले टीकापुर योगमय सहरको रुपमा चिनिन थालेको बताउँदै अझै योगलाई फराकिलो बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् ।
‘योगको दृष्टिकोणले टीकापुर देशमै चिनिन थालेको छ ।’ नेता रावलले भने, ‘नेपाल सरकारले स्वास्थ्य क्षेत्रसँग योग शिक्षालाई पनि जोड्नु पर्दछ ।’ उनले संस्थाको विकासका लागि आफू निरन्तर समन्वयका र सहकार्यका लागि तयार रहेको बताउँदै प्राकृतिक चिकित्सालयको रुपमा योगाश्रमलाई लैजानु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा टीकापुर योगाश्रमका प्रबन्ध निर्देशक पृथ्वी रावलले योग शिक्षालाई पनि व्यवसायिक रुपमा अगाडि बढाउनु पर्ने भन्दै योगाश्रम एक अस्पताल भएको बताएका छन् । ‘अस्पतालमा उपचारका लागि रोग लागेकाहरु मात्र जान्छन् ।’ रावलले भने, ‘योगाश्रममा रोग नलागेकाहरु पनि उपचारका लागि आउँछन् । यसलाई स्वास्थ्य पर्यटनको रुपमा पनि विकास गर्न जरुरी छ ।’
सोही अवसरमा टीकापुर योगाश्रमको भवन निर्माणका लागि प्राप्त अनुदानको आय–व्यय समेत सार्वजनिक गरिएको छ । जसमा महायज्ञदाताबाट ९३ लाख ९० हजार ७ सय ७२ रुपैयाँ, टीकापुर नगरपालिकाबाट १४ लाख ५० हजार रुपैयाँ, सुदूरपश्चिम प्रदेश सरकार–बाट ७० लाख रुपैयाँ र साँसद विकास कोषबाट २२
लाख रुपैयाँ गरी २ करोड ४० हजार ७ सय ७२ रुपैयाँ अनुदान प्राप्त गरिएकोमा सोही अनुसार २ करोड ४० लाख ७ सय ७२ रुपैयाँ भवन निर्माणका लागि खर्च भएको छ ।
महासचिव कण्ठराज गिरी र श्यामराज पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरत–बहादुर कुँवरले गरेका थिए । सोही अवसरमा योगाश्रमका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय योग गुरु पृथ्वी रावललाई सम्मानसमेत गरिएको छ ।