शेयेर गर्नुहोस
टीकापुर ०१ असार/
प्रदर्शनी प्लटकालागी प्राविधिक ज्ञान तथा योजना निरन्तरता तालिम सम्पन्न भएको छ ।
वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा दिगो विकास समाज भजनीको आयोजनामा पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत सञ्चालन भएको उक्त तालिम सम्पन्न भएको हो । कृषकहरुको क्षमता वृद्धि लगायतका उद्देश्य सहित सुरु भएको उक्त चार दिने तालिममा संस्थाका अध्यक्ष रामबहादुर सुनारको अध्यक्षतामा भएको समापन कार्यक्रममा टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक शाहले सिकेको कुरा अरुलाई सिकाउनु सबैभन्दा राम्रो कुरा हुने बताउँदै त्यसले समुदायमा अन्यलाई पनि सिक्न्व अवसर मिल्ने बताएका छन् । “रोजगारी सिर्जना गर्नसक्नु, व्यावसायिक बन्न सक्नु र गुणात्मक रुपमा त्यसको सकारात्मक प्रभाव पर्ने गरी काम गर्न सके त्यसले आर्थिक रुपमा पनि सशंक्त बनाउँछ ।” नगर उपप्रमुख शाहले भने, “त्यसमा नगरपालिकाले के सहयोग गर्न सकिन्छ हामी गर्छौं ।”
परियोजना अधिकृत विनोद शाहले परियोजनाल टीकापुर नगरपालिकाको वडा नं. ६,७,८ र ९ मा भजनी नगरपालिकाको वडा नं. १,२,३,५ र ७ मा ८० समूह मार्फत काम भैरहेको बताएका छन् । उनले समुदायका १३ वटा स्थानमा कृषि प्रदर्शनी र एउटा च्याउको प्रदर्शनी प्लट निर्माण गरिएको समेत बताए । किसानहरुलाई व्यावसायिक रुपमा कृषि गर्नका लागि प्रदर्शनी प्लटले राम्रो काम गरेको शाहले बताए ।
तालिममा सहभागीको तर्फबाट धर्मबहादुर चौधरीले तालिममा बिद्यार्थीको रुपमा प्रस्तुत भएर समुदायमा शिक्षक भएर जानुपर्ने बताएका छन् । “हामीले कति कुरा सिकेका छौँ भन्ने समुदायमा गएर अन्य किसानलाई बुझाउन सके मात्रै थाहा हुनेछ ।” धर्मबहादुर भन्छन्, “यदि सिकेको कुराले हाम्रो ब्याक्तिगत जिवनमा र समुदायका अन्य किसानको जिवनशैलीमा सुधार आउन सकेन भने तालिमको औचित्य नहुन सक्छ ।”
त्यस्तै अर्का सहभागी ललिता चौधरीले किसानका वास्तविक समस्याहरुको समाधान तालिमले गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले किसानसँग भएका बजारीकरणको समस्या लगयतका कृषिबाट विस्थापित हुने किसानलाई कृषिमै प्रेरित गर्ने काम तालिमले गरेको बताइन । ललिताले सिकेको कुरा समुहका किसानहरुलाई सहजीकरण गरेर अगाडि बढ्ने बताइन् । तालिममा २५ जनाको सहभागिता रहेको थियो भने समापन कार्यक्रमको सञ्चालन खुशीराम चौधरीले गरेका थिए ।




तालिमका केही तस्वीर