यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सम्बन्धि अभिमुखीकरण

शेयेर गर्नुहोस


टीकापुर ०९ चैत /
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सम्बन्धि अभिमुखीकरण कार्यक्रम टीकापुरमा सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको आयोजनामा भएको कार्यक्रमको प्राविधिक सहयोग सुदुरपश्चिम समाजको रहेको थियो । कार्यक्रममा टीकापुर नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष लालबिर चौधरीले समाजको डरले लैङ्गिक अल्पसंख्यक ब्याक्तीहरु खुल्न नसकेको बताउँदै त्यस्ता ब्याक्तीहरुलाई समाजमा घुलमिल गराउन आवश्यक रहेको बताएका छन् । उनले परिवारलाई थाहा भएको कुरा पनि समाजमा कुरा काट्ने डरले परिवारबाट लुकाउने काम भएकोले त्यस्ता ब्याक्तीको पहिचान हुन नसकेको बताएका छन् ।
कर्णाली माध्यमिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्याक्तीहरुलाई समुदायमा खुल्ने वातावरणको सिर्जना गर्न यस्ता विषयलाई बिधालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताएका छन् । खड्ग स्मृति माद्यामिक बिधालयका प्रधानाध्यापक केशरबहादुर रावलले फरक क्षमता भएका ब्याक्तीहरुलाई सामाजिक रुपमा घुलमिल गराउनका लागि समुदाय तथा बिधालयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको बताएका छन् ।
सुदुरपश्चिम समाजका राजु लामाले व्यवहार राम्रो नभएकै कारण फरक क्षमता भएका ब्याक्तीहरु समाजमा खुल्न नसकेको बताउँदै समाजले सकारात्मक ढंगबाट सोच्न आवश्यक रहेको बताएका छन् । उनले संविधानमा पनि फरक क्षमता भएकाहरुको हकअधिकार सुनिश्चित गरिएको भएपनि कार्यान्वयनमा अझै समस्या रहेको बताएका छन् । उनले त्यस्ता ब्याक्तीलाई भेदभाव नभई माया गर्न आवश्यक रहेको बताए । कार्यक्रम नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन उपशाखाका कमलबहादुर रावलले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *