शेयेर गर्नुहोस
टीकापुर १३ भदौ /
वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालय टीकापुरमा निर्माण भएको रत्न प्रसाद स्मृति छात्रावास भवनको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले उद्घाटन गरेका छन् ।
नगर प्रमुख थारुले विरेन्द्र विद्यामन्दिर एतिहासिक विद्यालयको रुपमा रहेको बताउँदै विद्यालयलाई व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको रहेको बताएका छन् । “हामीसँग माग असीमित मात्रामा आएका छन्, तर पुर्ति गर्नलाई सिमित स्रोतसाधन मात्र छ ।” नगर प्रमुख थारुले भने, “प्राथमिकताको आधारमा सबै मागहरूलाई सम्बोधन गर्दै जानेछौँ ।” उनले विद्यालयमा छात्रावासको पुर्ण व्यवस्था भइ सकेको बताउँदै अब छात्रवास निर्माणका लागि नगरपालिका प्रतिवद्व रहेको समेत जानकारी दिएका छन् ।
नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले राजनीति नेतृत्व गरिरहेकाले सपना देख्नु मात्र ठुलो कुरा नहुने भन्दै सपनालाई साकार भएको देख्न पाउनु भाग्यमानीको कुरा रहेको बताएका छन् । उनले टीकापुरको शिक्षालाई हेर्दा शिक्षामा गुणस्तर खस्किदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । “कुनै बेला टीकापुर शैक्षिक नगरीको रुपमा चिनिने गर्थ्यो । अहिले शैक्षिक गुणस्तर खस्किँदै गएको पछिल्लो नतिजाले देखाएको छ ।” उनले भने, “यसमा हामी सबै चिन्तित हुनुपर्छ । शैक्षिक गुणस्तरका लागि सबैले आआफ्नो क्षेत्रबाट पहल पनि गर्नुपर्छ ।
विद्यालयले भवन निर्माणका क्रममा निर्माणको कामलाई छिटो छरित्रो गरि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । जसमा बि एण्ड पि कन्ट्रक्सनका सञ्चालक प्रकाश शाह, टीकापुर नगरपालिकाका इन्जिनियर नविन ओझा, सह इन्जिनियर सन्तोष पाण्डे र भकड दासलाई सम्मान गरेको थियो । २०७९ साल पुष १ गते ठेक्का सम्झौता भएको भवनको निर्माण २०८० साल असार २० गते निर्माण सम्पन्न भएको हो । बि एण्ड पी कन्ट्रक्सन टीकापुरले ठेक्का लिएको भवन कुल लागत एक करोड २३ लाख ४१ हजार ६ सय २४ रुपैयाँ १३ पैसा रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ सुवेदीको अध्यक्ष्ातामा भएको कार्यक्रमको बिधालयका प्राचार्य फणेन्द्र राज रेग्मीले सञ्चालन गरेको कार्यक्रमको स्वागत सहायक प्राचार्य योगेन्द्र बजगाई गरेका थिए ।
कार्यक्रममा शिक्षक ओमनाथ उपाध्याय, समाजसेवी भुवनेश्वर अधिकारी, निवर्तमान प्राचार्य यज्ञराज ज्ञवाली, पत्रकार एकेन्द्र तिमिल्सिना, समाजसेवी जगदिश्वर पण्डित, समाजसेवी भिमराम चपाई, सुर्यचन्द्र भट्टराई, समाजसेवी श्याम खत्री, कर्णाली सेवा समाजका अध्यक्ष मदन रोकाया, टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नरेश खत्री, टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल, विद्यालयका गुठियार प्रमुख नवराज रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।