शेयेर गर्नुहोस
समाधान समाचार , टीकापुर ०८ चैत /
राष्ट्रिय जनगणना २०७८ को कार्य सञ्चालन गर्नका लागि लम्कीमा राष्ट्रिय जनगणना कार्यालय कैलाली ‘ख’ स्थापना गरिएको छ ।
सो कार्यालय अन्तर्गत स्थानीय जनगणना कार्यालयहरु रहने र दुईवटा स्थानीय तह समेट्ने गरी कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी कैलाली ख का प्रमुख गंगाराम भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार लम्कीचुहा नगरपालिकामा रहने कार्यालयले महुन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिकालाई समेट्ने छ भने भजनी नगरपालिका रहने कार्यालयले भजनी नगरपालिका र जोशीपुर गाउँपालिकालाई समेट्ने छ ।
त्यसैगरी, घोडाघोडी नगरपालिका अन्तर्गत रहने स्थानीय जनगणना कार्यालयले घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिका समेट्ने बताउँदै प्रमुख भटराईले टीकापुर नगरपालिकामा रहने कार्यालयले जानकी गाउँपालिका र टीकापुर नरगपालिकालाई समेट्ने बताएका छन् ।
उनका अनुसार विभागले करार सेवामा जनशक्ति लिने सम्बन्धी सूचनामा आवश्यक कागजात सम्बन्धित व्यक्ति कार्यालय समयभित्र ख को कार्यालयमा उपस्थित भई ११ गतेसम्म दरखास्त बुझाउन सकिने छ । भट्टराईले अनलाइन फारममार्फत् छुटेकाहरु–लाई कार्यालयमा उपस्थित भएर दरखास्तका लागि सहज वातावरण बनाइएको बताएका छन् ।