राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २१ चैत

राष्ट्रिय जनमोर्चा नेपालका कैलाली जिल्ला अध्यक्ष दयाराम संज्याल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायि समिति सदस्य तथा केन्द्रिय सदस्य देव गुरुङको प्रमुख आतथ्यिमा भएको कैलालीको संघिय निर्वाचन क्षेत्र नं २ को प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष सहित टीकापुर नगर समिति समाहित भएको नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्र टीकापुरका अध्यक्ष खडक शाह संघर्षले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश इन्चार्ज खगराज भट्ट , केन्द्रिय सदस्यहरु नेपबहादुर चौधरी,हरी ज्ञवाली, रुपा चौधरी, लक्षिराम आचार्य, तिलक परियार लालबहादुर सोडारी, प्रदेश अध्यक्ष हरीराम चौधरीको उपस्थिति रहेको थियो । दुर्गा बडुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गणेश गिरीले गरेका गर्नुभएको थियो ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *