रुपान्तरण तालिम सुरु

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०८ चैत /
बालकल्याण संघ टीकापुरको आयोजना तथा वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा पाँच दिने रुपान्तरण पुर्न ताजगी तालिम टीकापुरमा सुरु भएको छ ।
कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका ४२ जना युवाहरुको सहभागीतामा रुपान्तरण सम्बन्धि पुर्न ताजगी तालिम सुरु भएको हो । पहिलो चरणमा रुपान्तरणको तालिम लिएका लिएका युवाहरुलाई तालिममा सहभागी गराइएको बताउँदै बालकल्याण संघका कार्यक्रम निर्देशक सन्तोष रेग्मीले तालिमले युवाहरुको नेतृत्व, ब्याक्तित्व विकसका साथै समुदायस्तरमा अन्य युवाहरूलाई समेत त्यसको सिकाई सहजीकरणमा सहयोग पुग्ने बताएका छन् । उनले समाजको रुपान्तरणका लागि युवाहरूलाई सक्रिय बनाउन सकेको अवस्थामा त्यसले सबै कुराहरुमा सहयोग पुग्ने र युवाहरू नेतृत्व तहमा पुग्न समेत सहज हुने भएकोले तालिम प्रभावकारी हुने बताएका छन् ।
तालिमका प्रशिक्षक मन्दिप सुरीले रुपान्तरण शब्द नै परिवर्तनसँग जोडिएको बताउँदै त्यसबाट युवाहरूलाई नेतृत्व, ब्याक्तित्व तथा सामाजिक उत्तरदायी बनाउनमा सहयोग पुर्याउने बताएका छन् । उनले यस्ता तालिमहरुले युवाहरूलाई सकारात्मक बाटोमा डोर्‍याउन सकिने बताउँदै युवाहरूलाई प्रेरणा दिने खालका तालिमहरु आवश्यक रहेको बताएका छन् । तालिममा प्रशिक्षकमा सुरी लगायत रुपा जोशी प्रधान, बिष्णु भुषाल, बिन्जु बराल रहेका छन् । तालिम चैत १० गतेसम्म सञ्चालन हुने छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *