शेयेर गर्नुहोस
टीकापुर ०५ मंसिर /
लक्ष्मी फाउन्डेसनको आयोजनामा टीकापुरबाट सरसफाइ अभियानको थालनी भएको छ ।
गायिका तथा मोडल लक्ष्मी आचार्यद्वारा सञ्चालित लक्ष्मी फाउन्डेसनले टीकापुरको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मत गणना स्थल वरपरको सरसफाइ गर्दै अभियानको थालनी गरेको हो । “एक दिन सरसफाइ गरेर सबै सफाई हुन्छ भनेर सरसफाइ गर्न लागिएको होईन, मानिसको मानसिकतामा परिवर्तन गरि फोहोर जथाभावी नफाल्नका लागि सन्देश प्रवाह गर्न सरसफाइ आयोजना गरिएको हो ।” फाउन्डेसनकी सञ्चालक समेत रहेकी आचार्यले भनिन, “यो हाम्रो अभियान हो, यो निरन्तर रहन्छ । सुरुवात टीकापुरबाट गरेका छौं ।”
उनले अभियान टीकापुरबाट सुरु गरिएको बताउँदै त्यसलाई देशव्यापी बनाउने उद्देश्य रहेको बताएकी छन् । “म यसै क्षेत्रमा जन्मिए, हुर्किए । त्यसैले यो सरसफाइ अभियानलाई पनि यस क्षेत्रबाट सुरु गर्ने निर्णय गरिकी हु ।” आचार्यले भनिन्, “राम्रो कामको सुरुवात भयो भने त्यसलाई पछ्याउने ब्याक्तीको खाचो हुन्छ । राम्रो कुरालाई हामिले पछ्याउन सक्यौं भने समाजलाई बदल्न कुनै समय लाग्ने छैन ।” उनले टीकापुर आफैमा एउटा सुन्दर शहर भएको बताउँदै त्यसलाई फुलबुट्टा भर्न सबैको सहयोग र समन्वय आवश्यक रहेको बताएकी छन् ।
अभियानको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मत गणना स्थल वरपर सरसफाइ कार्यक्रम सुरुमै भएकोले फोहोर व्यवस्थापनमा नागरिकहरू सचेत बन्ने बताएका छन् । उनले नागरिकहरुमा सचेतनाको विकास हुन सक्यो भने थुप्रै कुराहरू एकाएक परिवर्तन हुने बताउँदै फोहोर व्यवस्थापन पनि त्यसैको एउटा पाटो भएको बताएका छन् । कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज रिमालले टीकापुरलाई सुन्दर र सफा बनाउनमा यस्ता अभियानले विशेष भुमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमहरुमा स्थानीय सरकार तथा सरोकारवालाहरुको समन्वय आवश्यक रहने बताएका छन् ।