लागू औषध सम्बन्धि सचेतना कार्यक्रम

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २२ चैत /

टीकापुरमा शनिबार लागू औषध दुव्र्यसनी न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
नार्कोन नेपालको समन्वयमा भएको सचेतनामूलक कार्यक्रममा संस्थाकी अध्यक्ष पूजा कुँवरले लागू औषध दुव्र्यसनीहरुलाई एक÷दुई महिना सुधार केन्द्रमा राखेर मात्रै समस्याको समाधान नहुने भन्दै दुव्र्यसनीमा फस्नुको कारणबारे अभिभावक सचेत हुनुपर्ने बताएकी छन् । सचेतनामूलक कार्यक्रम पश्चात् सहारा पुनस्र्थापना केन्द्र टीकापुरले गरेको परिचयात्मक कार्यक्रममा संस्थाकी अध्यक्ष कुँवरले दुव्र्यसनीलाई सुधार केन्द्रमा राख्दा कम्तिमा पनि ६ महिनादेखि एक वर्षसम्म राख्नु पर्ने बताएकी छन् ।
‘हामी एक÷दुई महिना सुधार केन्द्रमा राखेपश्चात् प्रयोगकर्ता सुध्रिन्छ भन्छौं । त्यो गलत हो ।’ कुँवरले भनिन्, ‘एक÷दुई महिनामा प्रयोगकर्ताको आवश्यक औषधि उपचार समेत भएको हुँदैन । पुनः सुधार केन्द्रबाहिर गएपश्चात् आफ्नो पुरानै बाटो अङ्गाल्छ । त्यसबाट झन् जोखिम बढ्ने गरेको छ ।’ उनले सुधार केन्द्रहरुलाई पनि व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै अभिभावकहरुलाई बढी जिम्मेवार हुन आग्रह गरेकी छन् ।
परिचयात्मक कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुधन न्यौपानेले लागू औषध न्यूनीकरणका लागि टीकापुर प्रहरीले अग्रपंक्तिमा रहेर काम गर्दै आइरहेको बताएका छन् । सहारा पुनस्र्थापना केन्द्रलाई नार्कोन नेपालले आर्थिक सहयोग समेत गरेको छ । पुनस्र्थापना केन्द्रका अध्यक्ष उपेन्द्र बटालाले सुधार केन्द्रलाई आर्थिक सहयोग गरेकोमा नार्कोन नेपाललाई धन्यवाद समेत दिएका छन् । अहिले सहारा पुनस्र्थाना केन्द्रमा २३ जान लागू औषध प्रयोगकर्ताको उपचार भइरहेको अध्यक्ष बटालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *