कठरिया होरी उत्सव सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी २२ चैत/

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संस्कृति नै नेपालीको पहिचान भएको बताएका छन् ।
चर्रा तथा बनगाउँ होरी उत्सव समितिको आयोजना भएको कठरिया होरी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले पुराना परम्परा र संस्कृतिहरुलाई जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको भन्दै पहिचान–लाई जोगाउन सबैले लाग्नु पर्ने बताएका छन् । ‘कठरियाको साँस्कृतिक माग, मुद्दा र पहिचानलाई संरक्षण गर्नका लागि सरकार तयार छ ।’ मन्त्री भट्टले भने, ‘त्यसमा आवश्यक पर्ने आधारभूत विषय–वस्तुहरु सहित संस्कृति संरक्षणका लागि समन्वय हुन आवश्यक छ ।’ उनले कठरियाले संस्कार, संस्कृतिलाई जोगाउनका लागि आफूसमक्ष राखेका मागहरुलाई सम्बोधनका लागि छलफल गरिने समेत बताएका छन् ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीले आफ्ना संस्कृति संरक्षणका लागि यस्ता उत्सवहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै त्यसमा नयाँ पुस्तालाई समेत जोड्नु पर्ने बताएका छन् । उनले युवा पुस्तालाई आफ्ना सँस्कृति रक्षाका लागि अग्रसर गराउन सकेमात्र सँस्कृति संरक्षण गर्न सकिने बताएका छन् ।
भजनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अमरबहादुर कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिध सभा सदस्य नारदमुनि राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य रणबहादुर रावल, घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरी, भजनी नगरपालिकाकी नगर उप–प्रमुख छायाँ देवकोटालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *