शेयेर गर्नुहोस
टीकापुर १३ फागुन /
पछिल्लो समय लोकसेवा आयोगको तयारी गर्नेहरूको संख्या बढ्दै गएको पाइन्छ ।
स्थानीय तथा प्रदेश सरकारले पनि लोकसेवा तयारी कक्षा सञ्चालन आएको छ भने युवाहरुमा पनि लोकसेवा तयारीका लागि आकर्षण बढ्दै गएको हो । विभिन्न ईन्स्टिच्युटहरुले पनि लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका छन् । प्रदेश तथा संघीय सरकारले एकपछि लोकसेवा मार्फत निजामती कर्मचारी व्यवस्थापन गर्दै गएपछि युवाहरू त्यसमा आकर्षित भएका हुन भने पहिलेको तुलनामा कर्मचारी संख्या बढी माग्ने भएपछि पनि त्यसमा आकर्षण बढ्नु स्वभाविक भएको क्रीयटिभ ट्युसन सेन्टर टीकापुरका सञ्चालक गणेश शाही बताउँछन् ।
“हामीले पनि लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका छौं । त्यसबाट थुप्रैले सफलता पनि हासिल गर्नुभएको छ ।” शाहीले भने, “लोकसेवा तयारी कक्षामा लामो अनुभव भएका प्रशिक्षकहरुको व्यवस्थापनले पनि कक्षा लिनेको संख्या बढेको हुनसक्छ ।” शुक्रबार पनि क्रीयटिभले काठमाडौमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका कैलाश ढकालबाट लोकसेवा सम्बन्धित विशेष कक्षा सञ्चालन गरेको थियो । लोकसेवा विशेष तयारी कक्षामा सहभागीहरुले पहिलो पत्रका लागि सहज तरिकाको सिकाइ भएको बताएका छन् । उनीहरुले अध्ययन भन्दा पनि उपायद्वारा लेख्न र घोक्न सके पास गर्न अप्ठ्यारो नभएको प्रतिक्रिया दिएका छन् ।
शाहीले लोकसेवा तयारी कक्षासँगै कोरियन भाषा, जापानीज भाषा, अन्य ट्युसन कक्षाहरु पनि सञ्चालन हुँदै आएको बताएका छन् । “युवाहरुको मागअनुसारका तयारी कक्षा सञ्चालन गर्दै आएका छौं । सबै क्षेत्रमा रोजगारीका लागि युवाहरुको आकर्षण बढ्दो छ ।” उनले भने, “त्यसमा पनि सहभागीको अपेक्षाअनुसार हामीले दक्ष जनशक्ति समेत व्यवस्थापन गर्दै आएका छौं ।”