वक्तृत्वकला प्रतियोगितामा आइएमई प्रथम

शेयेर गर्नुहोस


टीकापुर ०३ असोज /
“बालबालिकामा लगानी, सुनिश्चित भबिश्यको थालनी” शिर्षकमा आयोजना गरिएको माद्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा टीकापुर स्थित आइडियल माइलस्टोन इङलिस बोर्डिङ स्कुल (आइएमई) अस्नेहरी प्रथम भएको छ ।
५८ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको बक्तृत्वकला प्रतियोगितामा आइएमईका हेमराज ढुंगाना प्रथम भएका हुन । प्रतियोगितामा वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालय टीकापुरका हिमाल धर्तीले दोस्रो स्थान हात पार्न सफल भएका छन् । त्यसैगरी तृतीय स्थान कर्णाली माद्यामिक बिधालय सत्तीको समिक्षा भण्डारी हासिल गरेकी छिन ।माउण्ड सैपाल एकेडेमीका विप्लव ढुंगानाले शान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा टीकापुर भित्रका २२ वटा बिधालयको सहभागिता रहेको थियो ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शैक्षिक क्षेत्रलाई मजबुत बनाएर लैजानुपर्नेमा जोड दिँदै बिधालयको सैद्धान्तिक ज्ञानसँगै अतिरिक्त ज्ञानले बिद्यार्थीलाई थप सक्षम बनाउने बताएका छन् । उनले नगरपालिका भित्रको शैक्षिक गुणस्तर कायम गर्नका लागि नगरपालिका लागि परेको बताए ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत नरेश अवस्थी र ललिता शाही प्रतियोगिताको निर्णायकको रुपमा रहेका थिए । टीकापुर स्थित कर्णाली माद्यामिक बिधालयमा भएको उक्त कार्यक्रमको सञ्चालन सोही बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *