शेयेर गर्नुहोस
टीकापुर १३ कार्तिक /
वर्षायाममा बाढीका कारण कटान गर्दै आएको सामुदायिक वन र त्यसको असरबाट समुदायलाई जोगाउने विषयमा सरोकारवाला निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ७ स्थित सत्ती कर्णाली सामुदायिक वनको पुर्वी क्षेत्रमा बर्सेनि बाढीका कारण कटान हुँदै आएको छ । कटानलाई रोक्न बर्खाको समयमा स्थानीय मिलेर तटबन्ध गर्ने गरेका हुन्छन तर त्यो छडीक समयसम्मका लागि मात्र हुने गरेको निवर्तमान अध्यक्ष धनसिंह साउँदले बताएका छन । छलफममा उनले विगतका दिनहरुमा सामुदायिक वन नदि कटान क्षेत्रमा पक्की तटबन्धका लागि प्रदेश सरकार र अन्य निकायलाई झक्झक्याउदा आस्वासन मात्र दिएको समेत बताएका छन् ।
छलफल कार्यक्रममा स्थानीय नृप कडायतले मालझुङ्गामा तटबन्ध नहुदा पानी सिधै इन्टेकमा आउने र त्यसको प्रत्यक्ष असर समुदायलाई पर्ने गरेको बताएका छन् । छलफलमा फकिर सिंह कडायतले बर्दिया क्षेत्रमा तटबन्ध बनाई रहदा त्यसको प्रत्येक्ष असर समुदायलाई पर्ने गरेको बताउँदै बाढी आउनुमा नदि विचमा रहेका टापु समेत रहेको बताए । उनले विगत दिनहरुमा पनि सामुदायिक वन क्षेत्रमा तटबन्धका लागि सिचाईलाई पनि घच्घच्याउदा पनि कुनै सुवाई नभएको बताए ।
सो छलफलबाट बाढी पिडित समिती टीकापुर नामाकरण गरेर समिती गठन भएको छ । सत्ती कर्णाली समुदाय वनका अध्यक्ष जितबहादुर चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिती गठन भएको छ । जसको सदस्यमा वनका निवर्तमान अध्यक्ष धनसिंह साउँद, मनिराम ढुंगाना, उदयराम ढुंगाना, सन्तोष नेपाली, मीनबहादुर कठायत, गायत्री स्वाँर, शशी श्रेष्ठ, महेश रावल, नृप कडायत, खडकबहादुर धामी, मञ्जु चौधरी, जसुदेवी विष्ट, खेमानसिंह पुन र रामप्रसाद चौधरी रहेका छन् ।