वाइसीएल जिल्ला इन्चार्जको जिम्मेवारी शर्मालाई

शेयेर गर्नुहोस


टीकापुर ०७ साउन /
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिङ (वाइसीएल) को कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी संगठनका केन्द्रिय सदस्य तथा सफल व्यवसायी विनोद शर्माले पाएका छन् ।
वाइसीएल नेपालको केन्द्रिय समितीले कार्य विभाजनलाई टुङ्गेमा पुर्याएसँगै शर्मालाई कैलाली जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो । असार १७ र १८ गते बसेकों केन्द्रिय पदाधिकारी बैठक तथा २० र २१ मा बसेको कार्यालयको बैठक र २४ गते बसेको केन्द्रीय समितिको दोश्रो पूर्ण भर्चुअल बैठकले २७ वटा विभाग सहित,प्रदेश इन्चार्ज, सह–इन्चार्ज र जिल्ला इन्चार्जहरुको टुङ्गो लगाएको छ ।
कैलाली जिल्लाको इन्चार्जको जिम्मेवारी पाएसँगै शर्माले संगठनलाई थप सुदृढ बनाउँदै युवाहरूको सहभागितालाई विशेष जोड दिने बताएका छन् । “जिम्मेवारी पाएसँगै अगाडिका चुनौतीको सामना गर्दै संगठनलाई मजबुत बनाउने पहिलो लक्ष्य रहने छ ।” उनले भने, “त्यसका लागि जिल्ला, पालिका तथा वडा कमिटीसँगै पार्टीको पनि सहयोग, सहकार्य र समन्वयको अपेक्षा सधै रहने छ ।”
पार्टी,संगठनलाई बलियो बनाउँदै युवाहरुलाई श्रम तथा उत्पादन अभियानसँग जोड्नुका साथै विकास निर्माण कार्यमा हुने ढिलासुस्ती, भ्रष्टाचारी र कमिसन जस्ता घटनाका विरुद्ध रचनात्मक संघर्ष गरेर अगाडि बढ्ने प्रतिबद्धता शर्माले गरेका छन् । टीकापुर क्षेत्रमा लामो समयदेखि सफल व्यवसायीको रुपमा स्थापित भएका उनले युवाहरूलाई उत्पादनमा जोड्ने प्रयत्नका साथ आगामी यात्रा तय गरिने बताए ।
“संगठनका युवाहरूलाई आर्थिक उपार्जनमा लाग्न प्रेरित गर्दै उत्पादन र राजनीतिलाई सँगसँगै अगाडि बढाउने तयारी हाम्रो छ ।” उनले भने, “उत्पादनसँग जोडिएको युवा राजनीतिमा लाग्दा आर्थिक रुपमा बलियो बन्ने र गलत बाटोमा नजाने बुझाइ हाम्रो छ ।” यो अवसर प्रदान गर्ने पार्टीका नेता, सहकर्मी सबैलाई उनले धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *